Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीक खेलकुदमा उन्मुख हुन खाेज्दै नेपाल, अर्थतन्त्रलाई कसरी टेवा पुग्ला ?

धिरज पौड्याल

सोमबार, १६ साउन २०७९, १६ : २५ मा प्रकाशित

व्यवसायीक खेलकुदमा उन्मुख हुन खाेज्दै नेपाल, अर्थतन्त्रलाई कसरी टेवा पुग्ला ?

पछिल्लो समय खेलकुद लिगहरुको सञ्चालन तिव्र रूपमा भइरहेको छ । लिग प्रतियोगिता सञ्चालन तथा आयोजना बाट राम्रो आम्दानी हुन्छ। खेलकुदका लिग सञ्चालन अहिले विश्वव्यापी रुपमा नै राम्रो अर्थोपार्जन स्रोत बनेको छ र सोही अनुसार खेलकुदका लीग सञ्चालन व्यवसाय तर्फ उन्मुख भइ रहेको छ।

अन्तराष्ट्रिय रूपमा हेर्दा विभिन्न खेलकुद लीग हरुको व्यवसायिक रूपमा सुरुवात भइ रहेको छ। विश्व व्यापी रूपमा हेर्दा एक खेलकुद लिगले वार्षिक रूपमा १६ विलियन अमेरिकी डलरको व्यवसाय गरिरहेको छ। अन्य खेलकुद लीगहरुले व्यवसाय राम्रो गरिरहेका छन् ।

फुटबल, बास्केटबल, हकी, क्रिकेट लगायतका खेल हरुका लिग हरुले बर्सेनी अर्बौ अमेरिकी डलरको कारोबार गरिरहेका छन। पछिल्लो समय नेपालको परिवेशमा हेर्दा व्यवसायिक लिगका खेलहरूको आयोजना बढदै गई रहेको पाइन्छ। 

फुटबल, क्रिकेट, भलिबल अगायतका खेलहरूको चर्चा बढी हुने गर्दछ, पछिल्लो समय नेपालमा पनि व्यवसायिक  रूपमा यस किसिमका प्रतियोगिता आयोजना भइरहेका छन र विदेशी खेलाडीहरूलाई पनि आकर्षित गरिरहेका छन्। 

सहिद स्मारक ए डिभिजन लिग, नेपाल सुपर लिग, आहा रारा गोल्ड कप लगायतका लिगहरु तथा क्रिकेटमा एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग, धनगढी प्रिमियर लिग लगायतका व्यवसायिक लिग हरुले राम्रो व्यवसाय गरिरहेका छन्।

विश्वको सवैभन्दा ठूलो क्रिकेट लिगको रूपमा उदाएको इन्डियन प्रिमियर लिगले भारतको अर्थतन्त्रमा राम्रो योगदान गरिरहेको छ र पर्यटन प्रवद्धन मा उपयुक्त टेवा दी रहेको छ साथै भारतको जीडीपीमा खर्बाैँको योगदान दीइ रहेको छ र संसारको सबैभन्दा ठूलो क्रिकेट एशोसिएसन भारतीय क्रिकेट एशसिएसनले बिसिसिआई हो। 

नेपालमा निजी तहबाट आयोजना हुँदै आएको क्रिकेट लिग क्यान्ले आफै आयोजना गर्ने भएको छ। लिगहरुलाई व्यवसायिक गर्दै जाँदा यिनीहरूले खेलबाट भन्दा पनि अन्य स्रोत बाट राम्रो आम्दानी गरिरहेका हुन्छन्। मिडिया राइट, टिकट बिक्री, मेर्चन्टडाइज, टीम, सपन्सोर्शिप ब्रान्ड भ्यालु, लगायतका विषयबाट टिमले राम्रो आम्दानी गरेको हुन्छ भने बोर्डले प्रतियोगिता आयोजना तथा टिमको सर्वाधिकार विकृबाट राम्रो आम्दानी गरेको हुन्छ र यो आम्दानी दीर्घकालीन रहन्छ। बिसिसिआईको हालको भ्यलुएसन् १४००० करोड बढी रहेको छ।  

पछिल्लो समय भारतीय प्रिमियर लिगमा २ नयाँ टीम थपिँदा भारतीय क्रिकेट बोर्डले लिगको व्यवसायिकताले राष्ट्रलाई विभिन्न तहमा मुनाफा दी रहेको हुन्छ र खेलकुदको इकोसिस्टम पनि निर्माण हुँदै जान्छ र नेपालमा सधै प्रश्न उठी रहने ग्रस रूट क्रिकेट प्रवद्र्धनमा टेवा पुग्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको