Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा जलविद्युतले बोलायो साधारणसभा, के–के छन् एजेण्डा ?

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १० : ५९ मा प्रकाशित

सगरमाथा जलविद्युतले बोलायो साधारणसभा, के–के छन् एजेण्डा ?

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २६ गतेका लागि ५ औँ साधारणसभाको मिति घोषणा गरेको हो । 

सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजे सुरु हुने छ । सभाले चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने कार्यलाई निरन्तरता दिने, हकप्रद वितरणपछि पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन भने गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिले गरेका निर्णय र काम कारवाही अनुमोदन गर्ने, संस्थागत सुशासन प्रतिवेदन स्वीकृत गर्ने, संस्थागत जमानी र सञ्चालक समितिको बैठक भत्ता तथा सेवा सुविधा सम्बन्धका प्रस्तावहरू पनि समावेश छन् ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोेजका आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको