Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, ०८ : ५३ मा प्रकाशित

नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ ।

सो खेल स्कटल्याण्डको डुन्डेमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट शुरू हुनेछ ।

यस शृङ्खलाको  पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएर रेकर्ड बनाएको थियो ।

जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

लिग-२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो ।

आईसीसी विश्वकप लिगको अन्तिममा शीर्ष–४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको