Like us!
Follow us!
Connect us!
Watch us!

इतिहास लेख्ने मौका : नेपाल र वेस्ट इन्डिज आज टी–२० मैदानमा आमनेसामने

अर्थ संसार

शनिबार, ११ असोज २०८२, ११ : ३७ मा प्रकाशित

इतिहास लेख्ने मौका : नेपाल र वेस्ट इन्डिज आज टी–२० मैदानमा आमनेसामने

नेपालको राष्ट्रिय क्रिकेट टोली आज यूएईको सारजहा क्रिकेट मैदानमा विश्व च्याम्पियन वेस्ट इन्डिजसँग टी–२० सिरिजको पहिलो खेल खेल्दैछ। नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुने यो प्रतियोगिताले देशको क्रिकेट इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्ने अपेक्षा गरिएको छ।

खेलअघि दुबै टोलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जितका लागि आफ्नो रणनीति र आत्मविश्वास सार्वजनिक गरेका थिए। नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले सम्हालेका छन्। पौडेलले टिमको लक्ष्य स्पष्ट पार्दै भने, “हामी यहाँ अनुभव बटुल्न मात्र होइन, जितको खोजीमा आएका हौँ।”

साहब आलम र सन्दीप जोरा जस्ता नयाँ अनुहारसहितको टोलीलाई दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछानेजस्ता अनुभवी खेलाडीको साथले मजबुत बनाएको छ। युवा जोश र अनुभवको मिश्रणसहितको यो टिमले वेस्ट इन्डिजको बलियो चुनौतीसँग सामना गर्न तयार देखिन्छ।

तीन खेलको यो सिरिजको दोस्रो र तेस्रो टी–२० क्रमशः असोज १३ र १४ गते खेलिने कार्यक्रम छ। पहिलो खेलमै जित निकाल्न सफल भए नेपालले सिरिजमा अग्रता मात्रै होइन, अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमताको सशक्त प्रदर्शन गर्ने अवसर पाउनेछ।

नेपालको टोलीमा समावेश खेलाडीहरू :
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी र साहब आलम।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको