Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटल र साहस उर्जाको सेयर मूल्य समायोजन

अर्थ संसार

विहीबार, ०४ मंसिर २०८२, १७ : ५० मा प्रकाशित

सोल्टी होटल र साहस उर्जाको सेयर मूल्य समायोजन

 नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटल र साहस उर्जाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोल्टीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ५४६ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात सोल्टीको मूल्य ४७४.७८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, साहस उर्जाको २१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएपछि भाउ ५५५.३७ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६७२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको