सुपर मादी हाइड्रोपावर लिमिटेड आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूका लागि गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ०.२६४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको हो । उक्त लाभांश कम्पनीको १६ औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्ने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस