Like us!
Follow us!
Connect us!
Watch us!

भिभो स्मार्टफोन नै किन किन्ने ? यस्ता छन् शीर्ष पाँच कारणहरू

अर्थ संसार

मंगलबार, १७ साउन २०७९, १५ : ५८ मा प्रकाशित

भिभो स्मार्टफोन नै किन किन्ने ? यस्ता छन् शीर्ष पाँच कारणहरू

कुनै पनि देशको विकास र विस्तारमा प्रविधिले मुख्य सक्षमकर्ताको भूमिका खेल्दै आइरहेको हुन्छ । स्मार्टफोन टेक्नोलोजीमा भएको वृद्धि र यसले स्थापना गरेको कनेक्टिभिटीले स्वदेश र विदेशका संचारको खाडललाई अन्त्य गर्दै विश्वलाई नै अझ नजिक बनाएको छ ।

नेपालमा विशेष गरी, स्मार्टफोन टेक्नोलोजीको प्रभावले उपभोक्ताहरूका लागि उत्कृष्ट आविष्कारहरू ल्याउन एकअर्कासँग प्रतिस्पर्धा गर्ने स्मार्टफोन ब्रान्डहरूलाई जन्म दिएको छ, जसमध्ये भिभो पनि एक हो । भिभोले भी र वाई सिरिजअन्तर्गत नवीन डिजाइन र विशेषताहरू प्रदान गर्दै आइरहेको छ । साथै, ब्रान्डले आफ्नो क्यामेरा प्रणाली र अन्य नवीन विशेषताहरूको लागि नाम बनाउन सफल भएको छ । भिभोले नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ र उनीहरुसंग उल्लेखनीय सम्बन्ध निर्माण गर्दै आइरहेको छ, यसका टेवा पुर्याउने शिर्ष कारणहरु यस प्रकार रहेका छन् ।

क्यामेरा
भिभोले प्रयोगकर्ताको आवश्यकता अनुसार क्यामेरा प्रणालीमा विविध विकल्पहरु प्रदान गर्ने स्मार्टफोनहरूको फराकिलो एरे ल्याएको छ । उदाहरणका लागि, यसको नवीनतम भी२३ श्रृंखलामा ५० एमपी अटोफोकश पोट्र्रेट सेल्फी र ८एमपी सुपर वाइड–एंगल क्यामेरा छ जसले स्थिर र सार्प इमेजिङ प्रदान गर्दछ । भिभो भी२१ सिरिज लगायत भी सिरिजका स्मार्टफोनहरुले नाइट फोटोग्राफीमा पनि निपुणता हासिल गरेका छन् । साथै भिभो भी सिरिजले यसको उन्नत फोटोग्राफी क्षमताहरूको लागि विश्वव्यापी रूपमा चर्चा पाइरहेको छ । वाई सिरिजका स्मार्टफोनहरु, यसको प्रभावकारिताका लागि बजारमा परिचित छन्, साथै यसले आशाजनक क्यामेरा प्रविधि प्रदर्शन गरिरहेको छ ।

डिजाइन
भिभोका उपकरणहरू गहन बजार अनुसन्धानको परिणाम हो । ब्रान्डको नविनताहरु ग्राहकहरूको निरन्तर विकसित आवश्यकताहरूमा केन्द्रित छन् । बजारको प्रवित्तृअनुसार नेपाली प्रयोगकर्ताहरू हल्का र स्लिम उपकरणहरु रोज्छन् । सहज ह्यान्ड–होल्ड अनुभूतिको लागि र ट्रेन्डी डिजाइनको साथ भिभोले ग्राहकहरूको मन जितिरहेको छ । हालै लन्च गरिएको भी२३ फाइभजी ले कलर चेन्जिङ फ्लोराइट एजी डिजाइनको साथमा उद्योगको पहिलो रङ परिवर्तन गर्ने गिलास भित्र्याएर स्मार्टफोन डिजाइनको परिभाषामा आमूल परिवर्तन ल्याएको छ ।

प्रदर्शन
भिभोले उच्च प्रदर्शनका लागि विशाल ब्याट्री ल्याएको छ यद्यपी यसको समग्र एपियरेन्श यथावत छ । भी२३ सिरिज, वाई३३एस, वाई२१ जस्ता स्मार्टफोनमा शक्तिशाली ब्याट्री मात्र नभएर यसमा छिटो चार्ज गर्ने क्षमताहरू पनि छ जसले प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टफोनहरू द्रुत रूपमा चार्ज गर्ने सुनिश्चित गर्दछ । यसबाहेक, भिभोको विस्तारित र्याम सुविधाले स्मार्टफोनलाई कुनै पनि समय, जहाँसुकै पनि सहज रूपमा काम गर्न अनुमति दिन्छ । भिभोले यार्मको रूपमा कार्य गर्न उपकरणमा उपलब्ध अतिरिक्त रोम स्पेस पनि प्रयोग गर्दछ । यो सुविधाले प्रयोगकर्ताहरूलाई बिना ढिलाइ एपहरू बीच स्विच गर्न र स्क्रिन फ्रिज नगरी गेमहरू खेल्न मद्दत गर्दछ ।

नवीनता
वर्षको सुरुवातमा, भिभोले भी१ चिप घोषणा गरेको थियो, जुन पूर्ण रूपमा अनुकूलित एकीकृत सर्किट चिप इमेजिङ र भिडियो अनुप्रयोगहरूमा अग्रणी एज भिजुअल गुणस्तरको लागि समर्पित छ, र कम्पनीले आर एण्ड डी र चिप डिजाइनमा महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । साथै, भिभोले यस क्षेत्रलाई फाइदा पुर्याउन फाइभजी टेक्नोलोजी प्रयोग गर्दै आएको छ र स्थानीय प्रयोगकर्ताहरूलाई उनीहरूको अनुभव बृद्धि गर्न उपलब्ध नवीनतम र उत्कृष्ट प्रविधिहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

ग्राहक सेवा
भिभोले आफ्नो प्राविधिक पक्षको लागि बढ्दो रूपमा मान्यता प्राप्त गर्दै गर्दा, स्थानीय प्रयोगकर्ताहरूलाई ग्राहक सन्तुष्टि प्रदान गर्ने ग्राहक सेवामा ध्यान दिदैं आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको