Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमले खरिद गरेको जग्गाबारे छानविन गर्न मन्त्रालयको निर्देशन

आइतबार, २२ साउन २०७४, २१ : ५९ मा प्रकाशित

नेपाल आयल निगमले खरिद गरेको जग्गाबारे छानविन गर्न मन्त्रालयको निर्देशन

अर्थ संसार, काठमाडौँ–प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनसरोकारका दुईवटा संवेदनशील विषयमा सम्बन्धित निकायलाई छानबिन गरी तथ्य सत्यसहितको यथार्थ प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

नेपाल आयल निगमले गरेको जग्गा खरिद सम्बन्धमा केही सातायता विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारहरुको बारेमा छानबिन गरी सत्य तथ्यसहितको यथार्थ प्रतिवेदन १५ दिनभित्र पेश गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी, रौतहटको गरुडामा खाल्डोमा जमेको पानीमा डुबी बालिकाहरुको निधन भएकोमा छानबिन गरी सत्य तथ्यसहितको यथार्थ प्रतिवेदन तीन दिनभित्र पेश गर्न गृह मन्त्रालयलाई समेत निर्देशन दिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको