Like us!
Follow us!
Connect us!
Watch us!

एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

सोमबार, २३ साउन २०७४, ०७ : ५८ मा प्रकाशित

एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

अर्थ संसार, भद्रपुर– जिल्ला अदालत झापाले गएको आर्थिक वर्षमा कुल दुई हजार ५८२ थान मुद्दा फछ्र्यौट गरेको छ । सो अवधिमा अदालतले दुई हजार ६४० थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो ।

अदालतमा जिम्मेवारी सरेर आएका एक हजार ७१९ मुद्दा र नयाँ दर्ता दुई हजार ५०२ थान मुद्दा गरी कुल चार हजार २२१ थान मुद्दा रहेको जिल्ला अदालतका स्रेस्तादार इन्द्रकमल प्रधानले जानकारी दिनुभयो ।

अदालतले ६० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्यमा ६१।१७ प्रतिशत प्रगति हासिल गरेको छ ।अदालतमा एक वर्ष भित्रका एक हजार २९३, एक वर्षदेखि १८ महिनाका २१४, १८ महिना देखि दुई वर्षसम्मका ९३ र दुई वर्ष नाघेका ३८ थान मुद्दा अदालतमा छन् ।

थुनुवा मुद्दा २६१ मा १४० थान फछ्र्यौट भएको र मेलमिलाप प्रकृतिका २४६ थान मुद्दामा ५५ थान मेलमिलाप गरी पठाएको बताइएको छ । मुद्दाको अङ्ग पुर्याउने दुई हजार ९३२ लक्ष्यमा दुई हजार ७८१ प्रगति भएको र मुद्दाको आन्तरिक निरीक्षणतर्फ चार हजार १४९ लक्ष्यमा तीन हजार ३३९ थान प्रगति भएको र मुलतवी मुद्दाअन्तर्गत जिम्मेवारी सङ्ख्या १७५ मा गएको वर्षमा चार थान वृद्धि भई कुल १७९ थान मुद्दामा ४६ थान मुद्दा जागेको स्रेस्तादार प्रधानले बताउनुभयो ।

यसैगरी, विशेष अभियानबाट कैद भुक्तानतर्फ कुल लागत रु ६२ करोड ८२ लाख ११ हजार ११० मा रु ४७ करोड १८ लाख १६ हजार १२४ फछ्र्यौट भएको र जरिवानातर्फ कुल रु ३१ करोड ५० लाख ८७ हजार ४०३ मा रु १२ करोड ६१ लाख १६ हजार ६११ असुली भई फछ्र्यौट भएको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको