Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको नाफामा १६२ प्रतिशतको उछाल, वितरणयोग्य मुनाफा १ अर्ब नाघ्यो

अर्थ संसार

आइतबार, २२ साउन २०७९, ०६ : ०२ मा प्रकाशित

सिभिल बैंकको नाफामा १६२ प्रतिशतको उछाल, वितरणयोग्य मुनाफा १ अर्ब नाघ्यो

सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६२ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ५२ करोड ७७ लाख ८४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी ६४.३१ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड १५ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब २१ करोड ६१ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा १३९.२५ प्रतिशतले बढेर २ अर्ब ११ करोड ३२ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ८८ करोड ३२ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ लाख रुपैयाँ रहेको छ जुन गत बर्षको तुलनामा १०१.८३ प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ९४ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ११ पैसाबाट बढेर १५ रूपैयाँ २६ पैसामा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको