Like us!
Follow us!
Connect us!
Watch us!

‘दस वर्षमा नेपाल दक्षिण एसियाकै धनी मुलुक बन्छ’

अर्थ संसार

आइतबार, २२ साउन २०७९, ०६ : २६ मा प्रकाशित

‘दस वर्षमा नेपाल दक्षिण एसियाकै धनी मुलुक बन्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाल दक्षिण एसियाकै धनी मुलुक हुन सक्ने बताएका छन् ।

बाल लेखिका गीत पछाईंद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको शनिबार विमोचन गर्दै सरकारका प्रवक्तासमेत रहेका कार्कीले नेपाललाई धनी मुलुकका रूपमा विकास गर्न सबैको उत्तिकै सहयोग र साथ चाहिने  बताए ।

उनले नेपाली भाषा, कला, साहित्यको क्षेत्रको संवद्र्धन र विकासमा युवा पुस्तालाई आकर्षित गर्नुुपर्ने बताए । उनले त्यसका लागि सरकारले पनि लगानी गरिरहेको बताउँदै अभिभावकहरूले पनि नयाँ पुस्तालाई  प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको