Like us!
Follow us!
Connect us!
Watch us!

३१ प्रतिशतले बढ्यो स्वरोजगार लघुवित्तको नाफा, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, २२ साउन २०७९, ०७ : ४८ मा प्रकाशित

३१ प्रतिशतले बढ्यो स्वरोजगार लघुवित्तको नाफा, अन्य अवस्था कस्तो ?

स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २० करोड २६ लाख २९ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३१.३० प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १५ करोड ४३ लाख २१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने २५.७२ प्रतिशतले बढेर ४२ करोड ७७ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३४ करोड २ लाख २२ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । 

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा बढेर २५ करोड ७२ लाख २९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १३ करोड ८० लाख १६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५१ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड ६० लाख १० हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा(एनपिएल) घटेर २.३७ प्रतिशतमा पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३९ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५८ पैसा रहेको छ ।

62ef2314f20c6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको