Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरको बिद्युत बिक्री आम्दानी ९४ करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, २३ साउन २०७९, ०७ : ३१ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरको बिद्युत बिक्री आम्दानी ९४ करोड, अन्य अवस्था कस्तो ?

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ५४ करोड ५ लाख ३७ हजार रुपैयाँ नाफामा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३२.९८ प्रतिशले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ४० करोड ६४ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ९३ करोड ५० लाख २६ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ९.९६ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८५ करोड ३ लाख ९ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ९४ लाख १३ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १७.५० रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९९ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको