Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, ०६ : ४६ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज ११ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीकाे भदाै २४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चाेक, काठमाडाैँ र भर्चुअल माध्यमबाट एकैसाथ सञ्चालन हुनेछ । 

सभामा सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्ति गरी निजकाे पारिश्रमिक निर्धारण गर्ने, कम्पनीका शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको