सयपत्री हाइड्रोपावरको कम्पनी लिमिटेडले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (साउन २४ गते, मंगलबार) सम्पन्न भएको हो । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर २ र ६ रहेको छ ।२ र ६ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएको छ ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो ।
गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आईपिओमा आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदक हात खाली भएका छन् ।
कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख २३ हजार ७ सय ३ जना लगानीकर्ताहरूले १ करोड ७२ लाख ४५ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । उक्त संख्या मागभन्दा २५.७१ गुणा धेरै हो ।
कसरी हेर्ने रिजल्ट ?
कम्पनीकाे आईपीओकाे नतिजा एनआईबिएल एस क्यापिटलको वेबसाइट, निष्काशनकर्ता सयपत्री हाइड्रोको वेबसाइट तथा मेरो सेयरको आईपीओ रिजल्टको वेबसाइटबाट हेर्न सकिनेछ । त्यस्तै, प्ले स्टोरबाट सेयर हब एप्लिकेसन डाउनलोड गरी एकै पटकमा धेरै आईपिओको नतिजा समेत हेर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस