Like us!
Follow us!
Connect us!
Watch us!

सयपत्री हाईड्रोपावरले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, ०८ : ४७ मा प्रकाशित

सयपत्री हाईड्रोपावरले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

सयपत्री हाईड्रोपावरले कम्पनी लिमिटेडले आफ्नो ५ औँ साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको मंशिर २८ गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार छैटौँ बार्षिक साधारणसभा पुस २३ गते सुर्य क्याटरिङ एण्ड पार्टी प्यालेस, धुम्बाराहि काठमाडौँमा बिहान ८ः३० बजेदेखि सुरु हुने छ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८र७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९र८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

सभाबाट सर्वसाधारण समूहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चालकहरुको चयन समेत हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको