Like us!
Follow us!
Connect us!
Watch us!

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, १० : १४ मा प्रकाशित

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । 

कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो ।मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । 

गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आईपिओमा आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदक हात खाली भएका छन् । 

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । 

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख २३ हजार ७ सय ३ जना लगानीकर्ताहरूले १ करोड ७२ लाख ४५ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । उक्त संख्या मागभन्दा २५.७१ गुणा धेरै हो । 

कसरी हेर्ने रिजल्ट ?

कम्पनीकाे आईपीओकाे नतिजा एनआईबिएल एस क्यापिटलको वेबसाइट, निष्काशनकर्ता सयपत्री हाइड्रोको वेबसाइट तथा मेरो सेयरको आईपीओ रिजल्टको वेबसाइटबाट हेर्न सकिनेछ । त्यस्तै, प्ले स्टोरबाट सेयर हब एप्लिकेसन डाउनलोड गरी एकै पटकमा धेरै आईपिओको नतिजा समेत हेर्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको