Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टले डाक्यो विशेष साधारणसभा, के के छन् ऐजेन्डा ?

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, १० : ३५ मा प्रकाशित

शिवम् सिमेन्टले डाक्यो विशेष साधारणसभा, के के छन् ऐजेन्डा ?

शिवम् सिमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो (साउन २३ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा भाद्र १० गते, शुक्रबार कम्पनीको कर्पोरेट कार्यलय बबरमहल काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने छ ।

त्यसैगरी, कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भाद्र २ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, भाद्र १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

62f1e7d67deae.jpg 62f1e7d684024.jpg 62f1e7d6e6a2e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको