Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओलाई आवेदन दिएको शिवम् होल्डिङग्सको साधारण सभाले पारित गर्यो नगद लाभांस,शिवम् सिमेन्ट्सको ८५ प्रतिशत लगानी

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, ०७ : ५९ मा प्रकाशित

आइपिओलाई आवेदन दिएको शिवम् होल्डिङग्सको साधारण सभाले पारित गर्यो नगद लाभांस,शिवम् सिमेन्ट्सको ८५ प्रतिशत लगानी

 शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत  सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ। 

आश्विन ३० मा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०।०८१ को बार्षिक साधारण सभाले हाल कायम सेयर धनीहरुलाई रु.११,६०,००,०००। (एघार करोड साठी लाख रुपैयाँ) नगद लाभाँस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको बार्षिक साधारण सभाले कम्पनीको आ. व. २०८०।०८१ को बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै , कम्पनीको आ. व. २०८१।०८२ को लेखापरक्षिण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरु माथि छलफल गरी साधारण सभाबाट पारित गरेको छ। 

शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले संचालनमा रहेको होड.शी शिवम ्सिमेन्ट प्रा. लि.को उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ । 

यस बाहेक अन्य पूर्वाधार निर्माण र जल विद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी
विविधिकरणका योजनाहरु अगाडी बढाएको कम्पनीले जनाएको छ । 

यस बाहेक शिवम्होल्डिड.ग्स लिमिटेड कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने सेयरहरु सर्व साधारणहरुलाई नेपाल धितोपत्र वोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र वोर्ड समक्ष निवेदन दर्ता गराईसकेको छ । 

नेपाल धितोपत्र वोर्डको स्वीकृति प्राप्त भए पश्चात आइपिओ मार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरुमा समेत लगानी गर्ने कम्पनीको योजना छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको