Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिबल लिगमा 'स्ट्रेन्थ पार्टनर' को रूपमा सहकार्य

अर्थ संसार

शुक्रबार, ०२ जेठ २०८२, ०८ : ४४ मा प्रकाशित

शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिबल लिगमा 'स्ट्रेन्थ पार्टनर' को रूपमा सहकार्य

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र लोकप्रियता बढाउने उद्देश्यका साथ शिवम् सिमेन्ट लिमिटेडले ९औं प्रधानमन्त्री कप - एनभीए महिला तथा पुरुष भलिबल लिग २०८२ मा ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने भएको छ।

नेपाल भलिबल संघ (NVA) द्वारा आयोजित उक्त प्रतियोगिता यही जेठ ८ गतेदेखि १५ गतेसम्म पोखराको रंगशालास्थित कभर्ड हलमा आयोजना हुने छ। प्रतियोगितामा ६ महिला टिम र ८ पुरुष टिम, गरी कुल १४ टिम सहभागी हुने छन्। संघका अनुसार हरेक खेलमा ३ हजारदेखि ४ हजार दर्शक सम्मको उपस्थिति रहने अपेक्षा गरिएको छ।

शिवम् र NVA बीच सम्झौता

यस प्रतियोगिताका लागि शिवम् सिमेन्ट र नेपाल भलिबल संघ बीच हालै काठमाडौंमा सहकार्य सम्झौता भएको हो। सम्झौतामा संघका महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ विभागका भि.पि. निखिल अग्रवाल ले हस्ताक्षर गरेका थिए।

खेलकुदमा निरन्तर साथ

राष्ट्रिय खेल भलिबलप्रति निरन्तर समर्थन जनाउँदै आएको शिवम् सिमेन्टले यसअघि पनि विभिन्न भलिबल प्रतियोगितामा सहकार्य गर्दै आएको छ। जसअनुसार—

  • शेरबहादुर स्मृति महिला भलिबल कप को प्रायोजन,

  • न्यू डाइमण्ड एकेडेमी भलिबल टिम को समर्थन,

  • एभरेस्ट भलिबल लिग अन्तर्गत कर्णाली यशविस टिम को प्रायोजन,

  • अन्य स्थानीय तथा राष्ट्रिय प्रतियोगिताहरू मा समेत सक्रिय सहभागिता जनाएको छ।

खेलकुदको समग्र विकासमा प्रतिबद्धता

शिवम् सिमेन्टले भलिबल, क्रिकेट, फुटबल, म्याराथन लगायतका लोकप्रिय खेलहरूमा विगतदेखि नै साथ दिँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमा थप सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको