Like us!
Follow us!
Connect us!
Watch us!

जिसस धादिङमा एमाले विजयी

सोमबार, २३ साउन २०७४, १९ : ३४ मा प्रकाशित

जिसस धादिङमा एमाले विजयी

अर्थ संसार, धादिङ –जिल्ला समन्वय समितिको आज भएको निर्वाचनमा नेकपा(एमाले) का उम्मेदवारको पूरै समूह विजयी भएको छ ।

छब्बीस मतदाता रहेको जिसस प्रमुखमा एमालेका जगन्नाथ नेपाल १७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र नेकपा९माओवादी केन्द्र० गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका काँग्रेसका भक्त लामाले ८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपप्रमुखमा एमालेका बिन्दा बरामु नेपाली १६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस र माओवादी केन्द्र गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका ध्रुव सुवेदीले ९ मत प्राप्त गर्नुभयो ।

जिससका सदस्यमा एमालेकै कृष्ण अर्याल, खुनराज थापा, उर्मिला रेग्मी, कमलनारायण श्रेष्ठ, सान्नानी परियार, सावित्रा सुनार र उर्गेनवती तामाङ १६/१६ मत प्राप्त गरी विजयी हुनुभयो ।

विजयी उम्मेदवारलाई आजै मुख्य निर्वाचन अधिकृत भरत लम्सालले शपथ गराउनुभयो । निर्वाचनपछि कार्यभार सम्हाल्दै जिससका प्रमुख जगन्नाथ नेपालले जिल्लाको विकास निर्माणलगायत कार्यमा स्थानीय सरकारलाई सहयोग पुर्याउने र विकासका निम्ति लागिपर्ने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको