नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमूख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले भदौ महिनामा निक्षेपतर्फको ब्याजदर नबढ्ने संकेत गरेका छन। अर्थसंसारको नियमित कार्यक्रम अर्थसंसार टकमा बोल्दै उपाध्यायले अर्को त्रैमास नलागी कर्जाको ब्याजदर बढाउन नमिल्ने भएकाले अहिले ब्याजदर बढाएर २ महिनापछि मात्रै कर्जाको ब्याजदर बढाउँदा त्यसले ब्यालेन्स शिटमै नकारात्मक असर पर्ने भन्दै अहिलेको अवस्थामा बजारमा कर्जाको माग उच्च भए तापनि बजारबाट थप निक्षेप आउनसक्ने अवस्था नदेखिएको बताएका हुन्।
बैंकहरुले कर्जाको ब्याजदर उच्च रुपमा बढाएको भन्ने प्रश्नको भने उनले प्रतिबाद गरे। विश्वव्यापी रुपमा आर्थिक संकट देखिएको, मुद्रास्फीति र ब्याजदर निकै बढेको भएतापनि बैंकहरुले ग्लोबल ट्रेन्डको तुलनामा निकै कम ब्याज बढाएको भन्दै यसको लागि नेपाली बैंकहरुको प्रशंशा गरिनुपर्ने उनको धारणा रहेको छ।
बैंकहरु सँधै आफ्नो कारणले अर्थतन्त्रमा थप असर नपरोस भन्नेतर्फ सचेत रहेको बताउँदै उपाध्यायले डिपोजिटमा पनि उचित ब्याज दिन सकिएन भने डिपोजिटरहरुले अन्य विकल्प खोज्न थाल्ने भन्दै आफूहरु त्यसतर्फ पनि सचेत रहेको बताए।
उपाध्यायसंग गरिएको भिडियो कुराकानीः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस