Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर तल झर्ने सङ्केत देखिएको छः अर्थमन्त्री डा. महत

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १२ : ३९ मा प्रकाशित

ब्याजदर तल झर्ने सङ्केत देखिएको छः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर तल झर्ने सङ्केत देखिएको बताएका छन् । मुलुकको समग्र आर्थिक स्थिति, बजेट कार्यान्वयनको तयारी तथा चुनौती र आगामी आर्थिक वर्षको मौद्रिक नीतिलगायतका विषयमा आज अर्थमन्त्री डा. महतसँग गरिएको कुराकानीमा उनले ब्याजदर तल झर्ने सङ्केत देखिएको बताएका हुन् । 

कुराकानीमा उनले मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले पनि केही कदम चाल्न सक्ने बताए । उनले ब्याजदर घट्नेबित्तिकै बैंक वित्तीय संस्थाबाट ऋण प्रबाह बढ्छ र बजारमा सक्रियता देखिन्छ भन्ने आफूहरुको अपेक्षा रहेको बताए । 

उनले भने,‘अर्थतन्त्र सुधार उन्मुख छ । विदेशी मुद्राको सञ्चिति बढेर बाह्य क्षेत्र सन्तुलनमा आएको छ । पर्यटन क्षेत्र लयमा फर्किएको छ । ब्याजदर पनि तल झर्ने सङ्केत देखिएको छ । मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले पनि केही कदम चाल्छ होला । ब्याजदर घट्नेबित्तिकै बैंक वित्तीय संस्थाबाट ऋण प्रबाह बढ्छ र बजारमा सक्रियता देखिन्छ भन्ने हाम्रो अपेक्षा छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको