Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदरदेखि सबै काम मिलोमतोमा गर्दा समस्या देखियोः अर्थमन्त्री डा. महत

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १५ : ३७ मा प्रकाशित

ब्याजदरदेखि सबै काम मिलोमतोमा गर्दा समस्या देखियोः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरदेखि सबै काम मिलोमतोमा गर्दा समस्या देखिएको बताएका छन् । आज (मंगलबार) काठमाडौँ स्थित् र्याडिसन होटल लाजिम्पाटमा नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको नेपालको वित्तीय क्षेत्रका चूनौती समाधानका उपाय र भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रमा बोल्दै उनले यस्तोे बताएका हुन् । 

कार्यक्रममा उनले मिलोमतोमा ब्याजदर सेट गर्ने प्रवृत्ती देखिएको कारण नै समस्या उत्पन्न भएको बताएको छन् ।  उनले मिलोमतो भन्दा पनि स्वस्थ्य प्रतिस्पर्धाले मात्र समस्याको समाधान निस्किने बताए । आफ्नो सहि अधिकारलाई प्रयोग गरि कदम चाल्दा मात्र कुनै निश्कर्षमा पूग्न सक्ने उनले औँल्याए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको