Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको नयाँ व्याजदर सार्वजनिक

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १० : २९ मा प्रकाशित

कामना सेवा विकास बैंकको नयाँ व्याजदर सार्वजनिक

कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकहरुको कर्जाको लागि नयाँ व्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । बैंकले आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्र्तगत सरल व्यापार कर्जा र विद्युतिय सवारी साधन खरिद गर्दा वैंकले १२.१२ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको हो । 

बैंंकका अनुसार आवासिय घर निर्माणको लागि कर्जा लिदा अधिकतम ३० वर्षको लागि डेढ करोड सिमा भित्र रहने गरि धितो मुल्याङ्कीत रकमको ६० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ भने सरल व्यापार कर्जामा धितो मुल्याङ्कीत रकमको ८० प्रतिशत सम्म मासिक व्याजमात्र तिर्ने वा मासिक किस्तावन्दीमा भुक्तानी गर्ने गरि कर्जा उपलव्ध हुने वैंकले जनाएको छ । 

त्यस्तै गरि विद्युतिय सवारी साधन खरिदमा खरिद मुल्यको ८० प्रतिशत सम्म कर्जा उपलव्ध हुने वैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले वताए । 

नायव प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार वैंकले प्रवाह गर्ने यस्ता कर्जाहरु सम्पुर्ण कागजात पेश गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ । कम ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकहरुलाई सशक्त बनाउने बैंकको लक्ष्य रहेको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न समेत आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने भएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको