Like us!
Follow us!
Connect us!
Watch us!

बैंकर्स संघका अध्यक्ष केसीलाई प्रश्नः भद्र सहमति ब्रेक अल्पकालिन कि दिर्घकालिन?

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, १७ : ३५ मा प्रकाशित

बैंकर्स संघका अध्यक्ष केसीलाई प्रश्नः भद्र सहमति ब्रेक अल्पकालिन कि दिर्घकालिन?

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीलाई साउन एक गतेदेखि लागु हुनेगरी बैंकको ब्याजदरका विषयमा भएको भ्रद सहमति ब्रेक अल्पकालन कि दिर्घकालिन हो भनेर प्रश्न सोधिएको छ । आज (सोमबार) बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीलाई उक्त प्रश्न सोधिएको हो । 

भद्र सहमति ब्रेक अल्पकालिन कि दिर्घकालिन भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘अप्ठ्यारो परिस्थिती बाहेक सामान्ज्य परिस्थितीमा यो कायमै रहने छ । तथापी कसरी ट्याकल गर्ने त्यो त टाइमिङ्गले बताउँला । तर, अहिलेलाई भने यो व्यवस्था कम्तिमा पनि १० वर्ष स्टेबल रहोस् भन्ने हो । यसले अन्ततः कन्ज्यूमरलाई नै फाइदा हुनेछ ।’ 

अध्यक्ष केसीले ब्याजदरको भद्र सहमति तोड्दा बैंकिङ क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा हुने बताए । सबै मिलेर सहमति गरेर ब्याजदर खुला छाडिएको उनको भनाइ छ । 

उनले भने, ‘ब्याजदर खुला छाड्दा निक्षेपकर्ताले नै फाइदा लिने हुन्, अहिले खुला छाडेको ब्याजदर अब दीर्घकालीन रुपमा जान्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको