Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी इन्स्योरेन्सको हकप्रदको सूचना नेप्सेले लुकायो

सोमबार, २२ कार्तिक २०७३, १४ : ४२ मा प्रकाशित

लुम्बिनी इन्स्योरेन्सको हकप्रदको सूचना नेप्सेले लुकायो

अर्थ संसार

काठमाडौं–लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ बराबर १ कित्ता हकप्रद दिने दिने भनी पठाएको सूचना नेपाल स्टक एक्स्चेन्जले लुकाएको छ ।

 कम्पनीले हकप्रदका साथै १८.१८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको सूचना नेप्सेलाई पठाएको थियो । नेप्सेले बोनस सेयरको सचनामात्र आफ्नो वेवसाइटमार्फत सार्बजनिक गरेको थियो । छुटाएको भन्ने कुरा आयो । कम्पनीले कात्तिक १२ गते उक्त सूचना पठाएको कम्पनी सचिव देवेन्द्र कोइरालाले बताए ।

‘मैले एउटै चिठ्ठीमा हकप्रद र बोसन सेयरको प्रस्ताव गरिएको सूचना नेप्सेलाई पत्रमार्फत जानकारी गराएको हुँ,’ उनले भने, ‘नेप्सेले हकप्रदको सुचना किन राखेन भन्ने बुझ्न सकिएन ।’ यसबारे नेप्सेका अधिकारीहरुसँग जानकारी लिन खोज्दा कसैले बोल्न चाहेन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको