इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले आज भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
क-कसले भर्न पाउँछन् ?
यस आईपीओमा आयोजनाबाट अति प्रभावित भाेजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
कति दिने आवेदन ?
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
उक्त आईपीओमा छिटोमा २१ भदौसम्म र ढिलोमा ५ असोजसम्म आइपीओ खुला रहनेछ ।
काे हाे बिक्री प्रबन्धक ?
यो आइपीओकाे प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेका छन् ।
कहाँबाट दिने आवेदन ?
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस