Like us!
Follow us!
Connect us!
Watch us!

इष्टर्न हाइड्रोपावरकाे आईपीओ बाँडफाँडः लक्की नम्बर ८

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, ०८ : २४ मा प्रकाशित

इष्टर्न हाइड्रोपावरकाे आईपीओ बाँडफाँडः लक्की नम्बर ८

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ बाँडफाँड भएकाे छ । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ८  रहेको छ । याे नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३ सय १० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, २ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले एक अर्ब ५७ कराेड १८ लाख ४७ हजार रूपैयाँ बराबरकाे एक कराेड ५७ लाख १८ हजार ४ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । आईपीओ आवेदन दिनेहरु मध्यमा १ हजार ९ सय २६ आवेदकबाट २६ हजार ४९० कित्ताको आवेदन रद्द भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी ६२ हजार ५ सय १९ जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको