Like us!
Follow us!
Connect us!
Watch us!

इष्टर्न हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन पाईने

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, ०६ : २८ मा प्रकाशित

इष्टर्न हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन पाईने

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने छ ।  कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३१० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकि रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटोमा कार्तिक १ गतेसम्म ढीलोमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको