Like us!
Follow us!
Connect us!
Watch us!

इष्टर्न हाइड्रोपावरकाे आईपीओ बाँडफाँड सम्पन्न, १९२६ जनाको आवेदन रद्द

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, ०८ : १५ मा प्रकाशित

इष्टर्न हाइड्रोपावरकाे आईपीओ बाँडफाँड सम्पन्न, १९२६ जनाको आवेदन रद्द

इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले असाेज २८ गते, शुक्रबारबाट कार्तिक २ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (कार्तिक १७ गते, बिहीबार) सम्पन्न भएको छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा सम्पन्न भएकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३ सय १० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, २ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख २५ हजार १९० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले एक अर्ब ५७ कराेड १८ लाख ४७ हजार रूपैयाँ बराबरकाे एक कराेड ५७ लाख १८ हजार ४ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । आईपीओ आवेदन दिनेहरु मध्यमा १ हजार ९ सय २६ आवेदकबाट २६ हजार ४९० कित्ताको आवेदन रद्द भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी ६२ हजार ५ सय १९ जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ । 

कसरी हेर्ने नतिजा ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाे वेभसाइट, इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको