Like us!
Follow us!
Connect us!
Watch us!

किन भेटे ओलीले डा भट्टराईलाई

बुधबार, २५ साउन २०७४, १५ : ४१ मा प्रकाशित

किन भेटे ओलीले डा भट्टराईलाई

काठमाडौँ, एउटा पूर्व प्रधानमन्त्रीलाई भेटन अर्को पूर्व प्रधानमन्त्री गयो भने त्यो समाचारको विषय बन्दैन सायद ।

तर पूर्व प्रधानमन्त्री केपी ओलीले अर्का पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा राजनीतिक विषयमा समेत कुराकानी भएको बताइएको छ ।

नागरिक कम्युनिटी अस्पतालमा उपचारमा रहेका डा भट्टराईलाई भेट्न एमाले अध्यक्ष ओली आज गट्ठाघर पुगेका हुन् ।

पोस्टेट ग्लान्डको शल्यक्रिया गरेर उपचाररत डा भट्टराईलाई भेटेर ओलीले के सन्देश दिन खोजेका हुन् सो बारेमा भने कुनै जानकारी दिइएको छैन । तर झापामा रहेका ओली एक्कासी नागरिक कम्युनिटी अस्पताल पुग्नुलाई भने राजनीतिक बजारले भने चासोका साथ हेरेको छ ।

नयाँ शक्तिका संयोजक डा भट्टराईले समय समयमा ओली विरुद्ध कटाक्ष प्रहार गर्दै चर्को आलोचना गर्ने गरेका छन् । दुई नेताबीच खासै राम्रो समबन्ध पनि छैन ।

तर ओलीले डा भट्टराईलाई भेटेर दिन खोजेको सन्देश के हो भन्ने बारेमा टिप्पणी गर्नु तत्कालका लागि हतार नै हुने बताइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको