Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचसँगै बढ्याे काराेबार रकम, अरूण काबेली काराेबारमा अब्बल

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १५ : १४ मा प्रकाशित

नेप्से परिसूचसँगै बढ्याे काराेबार रकम, अरूण काबेली काराेबारमा अब्बल

बुधबार पनि सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । नेप्से परिसूचक झिनाे अंकले बढ्दा काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.८७ अंकले बढेर २०५७.८५ विन्दुमा पुगेकाे छ । नेप्से ०.१४ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.६० अंकले बढेर ३९८.२९ विन्दुमा पुगेकाे छ ।

कूल २२३ वटा कम्पनीकाे ३६ लाख ७८ हजार ७ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार २ सय १८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, बुधबार अरूण काबेली पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे हाे ।  कम्पनीकाे १६ कराेड ९२ लाख ६६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।  मन्दाकिनी हाइड्राेपावर र अपर हेवाखाेला हाइड्राेपावर कम्पनी लमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन सिद्धार्थ इक्विटी फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ३.५८ प्रतिशतले घटेर ८ रूपैयाँ ६२ पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको