Like us!
Follow us!
Connect us!
Watch us!

डा भट्टराई अस्पतालबाट डिस्चार्ज

बुधबार, २५ साउन २०७४, २१ : ३५ मा प्रकाशित

डा भट्टराई अस्पतालबाट डिस्चार्ज

अर्थ संसार, भक्तपुर– मूत्रथैलीको शल्यक्रिया गरी विगत छ दिनदेखि अस्पतालमा रहनुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई आज घर फर्किनुभएको छ ।

डा भट्टराईको भक्तपुरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । उहाँको उपचारमा रु ८५ हजार खर्च भएको अस्पताल प्रशासनले जनाएको छ ।

आज अस्पतालबाट घर फर्किनेक्रममा डा भट्टराईले स्वदेशमै पनि स्तरीय स्वास्थ्य सेवा लिन सकिने भन्दै उपचारका नाममा विदेश धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खीलराज रेग्मीले आज भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको