बेलायतकी पूर्वराजकुकारी डायनले चढेको गाडी लिलामीमा विक्री गरिएको छ । डायनको मृत्युको २५औँ वार्षिकीको अवसरमा उनले चढेको फोर्ड स्कर्ट ७ लाख ३७ हजार पाउन्डमा विक्री गरिएको हो । बोलपत्र १ लाख युरोबाट सुरु भएको थियो ।
नीलो पट्टी भएको कालो फोर्ड एस्कर्ट आरएस टर्बो १ डायनाले सन् १९८५ देखि १९८८ मा चलाएकी थिइन् । उनले शाही परिवारको भव्य रोल्स–रोयसेस र डेमलरको सट्टा आफ्नै कार राखेकी थिइन् । डायनाको ३६ वर्षको उमेरमा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस