Like us!
Follow us!
Connect us!
Watch us!

बेहुली फेल हुने थाहा पाएपछि विद्यालयमा आगजनी

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, ११ : ४४ मा प्रकाशित

बेहुली फेल हुने थाहा पाएपछि विद्यालयमा आगजनी

बेहुली पढ्ने विद्यालयमा आगजनी गरेको आरोपमा इजिप्टमा एक जनालाई पक्राउ गरिएको छ । बेहुलीले यस वर्षको परीक्षामा अनुत्तिर्ण हुने थाहा पाएपछि विद्यालयको कन्ट्रोल रुममा आगो लगाउने २१ वर्षीय युवक पक्राउ परेका हुन् ।

इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको मेनुफिया प्रान्तमा ती व्यक्ति पक्राउ परेका हुन् । दोषीलाई प्रहरीले जेल चलान गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ । 

विद्यालयमा लगाइएको आगलागीमा कोही पनि हताहत नभएको प्राप्त विवरणहरूमा जनाइएको छ । बेहुली फेल भएमा अर्को शैक्षिक सत्रमा अध्ययन गर्नुपर्ने र आफ्नो विवाह एक वर्ष स्थागित हुने भएपछि आफू आगजनीमा उत्रिएको ति युवकले बताएका छन् । का थिए । 

दमकलले छिट्टै आगो निभाउन सफल भए पनि प्रधानाध्यापकको कार्यालय र केन्द्रीय प्रशासनिक भवनमा ठूलो क्षति भएको छ । आगजनीमा विद्यायका कागजात पनि जलेर ध्वस्त भएका छन् ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको