Like us!
Follow us!
Connect us!
Watch us!

‘अहिले बजारमा रिस्कको तुलनामा रिवार्ड हजारौँ गुणा बढी छ’

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, १२ : ४९ मा प्रकाशित

उर्जा उद्यमी एवंम ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानले अहिलेको अवस्थामा बजारमा रिस्कको तुलनामा रिवार्ड हजारौँ गुणा बढी रहेको बताएका छन् । उनले अर्थसंसार विशेषसँगको कुराकानीमा यस्तो बताएका हुन् । 

‘लगानीकर्ताहरुले बटममै लगानी गर्छु भनेर सम्भव हुँदैन यही नै बटम हो भनेर थाहा पाउन सम्भव पनि हुँदैन’ उनले भने ‘लगानीकर्ताहरुले जहिले पनि बजारमा लगानी गर्दा रिस्क र रिवार्डको रेसियोलाई नै हेर्ने हो अहिलेको अवस्थामा रिस्कको तुलनामा रिवार्ड हजारौ गुणा बढL छ दिर्घकालिन सोच राखेर लगानी गर्नेहरुको लागि भन्ने हो भने त यो लगानीको अवसर पनि हो ।’

अहिले जसरी बजारमा जलविद्युत कम्पनीहरुका संस्थापक सेयरधनीहरुले १० वर्षमा मात्र साधारण सेयर बेच्न नपाईने कुरा आएको छ यो नितान्त रुपले यो क्षेत्रलाई तहसनहस बनाउने उद्देश्यले ल्याइएको आरोप प्रधानको छ । ‘अहिले कतिपयले बैंक र ईन्स्योरेन्स कम्पनीका संस्थापकहरुले सधै संस्थापकै रुपमा बस्न सक्ने तर जलबिद्युतका संस्थापकहरु किन नसक्ने भन्ने प्रश्न समेत उठेको सुनिन्छ तर यहाँ बुझ्नु पर्ने जरुरी कुरा के छ भने ३० बर्षमा पुरै प्रोजेक्ट सरकारलाई बुझाउने जलविद्युत र बैंकलाई दाँज्नै मिल्दैन’ उनले भने ‘यदि सरकारले जलविद्युत आयोजनाहरुको स्वामित्व आजिवन नै कम्पनीलाई दिन्छ भने हामीले जीवनभर नै संस्थापक सेयरधनी कै रुपमा बस्न पनि तयार छौ ।’

प्रधानसँग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको