Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से लगातार ओरालो, १३ अंकले घट्यो बजार

सोमबार, २२ कार्तिक २०७३, १५ : ४६ मा प्रकाशित

नेप्से लगातार ओरालो, १३ अंकले घट्यो बजार

अर्थ संसार
काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार १३.०९ अंकले घटेको छ । केही सातायता नेप्से परिसूचक लगातार घट्दै आएको छ । सोमबार बैंकिङ, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र उत्पादन तथा अन्य समूह नराम्ररी घटेका छन् ।

होटल्स र फाइनान्स समुह मात्र केही बढेका छन् । निकै उचालिएको इन्स्योरेन्स समुह सबैभन्दा बढी ४९.२३ अंकले घटेको छ । यस्तै उत्पादन समुह पनि ३२.०२ अंकले ओरालो लागेको छ ।

यस दिन सिभिल, एभरेस्ट बैंक, नेको इन्स्योरेन्सलगायतको कारोबार उच्च भएको छ । सिभिलको ५ करोड २५ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ । घटेको बजारमा समेत लक्ष्मी लघुवित्त,  नएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र ले १० प्रतिशतको हाराहारीमा  माएका छन् ।

 लक्ष्मीको कारोबार हुनासाथ १० प्रतिशत मूल्य बढेकाले सर्किट ब्रेकर लगाइएको थियो । यस्तै रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था र मितेरी डेभलपमेन्टका सेयरधनीले ५ प्रतिशतको हाराहारीमा गुमाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको