Like us!
Follow us!
Connect us!
Watch us!

बिद्युत बिक्रि आम्दानी ५०९ प्रतिशतले बढ्दा पनि शिवश्री हाइड्रोपावर ३६ करोड घाटामा

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १० : २५ मा प्रकाशित

बिद्युत बिक्रि आम्दानी ५०९ प्रतिशतले बढ्दा पनि शिवश्री हाइड्रोपावर ३६ करोड घाटामा

शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ३६ करोड ३६ लाख ७९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ८४ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा पनि कम्पनीको बिजुली बेचेर २४ करोड ८६ ९२ हजार रुपैयाँ कमाएको छ जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ५०९ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षमा कम्पनीले बिजुली बेचेर ४ करोड ८ लाख रुपैयाँ कमाएको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६४ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भकोे आकार ३४ करोड ५२ लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २४.६३ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ६१ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको