Like us!
Follow us!
Connect us!
Watch us!

नोक्सानी घटाउदै शिव श्री हाईड्रोपावर, २५५ प्रतिशतले बढ्यो बिद्युत बिक्रि आम्दानी

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, ०७ : ५० मा प्रकाशित

नोक्सानी घटाउदै शिव श्री हाईड्रोपावर, २५५ प्रतिशतले बढ्यो बिद्युत बिक्रि आम्दानी

शिव श्री हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्म कम्पनी ३ करोड ४८ लाख ३२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । उक्त नोक्सानी गत वर्षको तुलनामा घटेको हो । गत वर्षको यसै अवधिमा कम्पनी १० करोड ३३ लाख ३० हजार रुपैयाँ नोक्सानमा रहेको थियो । 

समिक्षा अवधिमा कम्पनीले १५ करोड ५० लाख ३७ हजार रुपैयाँको बिद्युत बिक्रि गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २५५ प्रतिशतले बढि हो गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ४ करोड ३६ लाख ५६ हजार रुपैयाँ बराबरको बिजुली बेचेको थियो । 

चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भको आकार भने ५७ करोड ३० लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.४४ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६१ रुपैयाँ १९ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको