Like us!
Follow us!
Connect us!
Watch us!

शिव श्री हाइड्रोपावरको बिद्युत बिक्रि आम्दानी २२ करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, ०८ : २० मा प्रकाशित

शिव श्री हाइड्रोपावरको बिद्युत बिक्रि आम्दानी २२ करोड, अन्य अवस्था कस्तो ?

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनी घाटामा रहेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा १३ करोड ५ लाख ९८ हजार रुपैयाँ खुद नोक्सानीमा छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनी १८ करोड ३ लाख ४८ हजार रुपैयाँ खुद नोक्सानीमा थियो । 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २२ करोड ६८ लाख १३ हजार रुपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ७२ प्रतिशतले बढि हो । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रि आम्दानी १३ करोड १३ लाख १६ हजार रुपैयाँ थियो । 
 
हाल चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ४८ करोड ७१ लाख रुपैयाँ नकारात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६९ पैसा नकारात्मक र प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको