Like us!
Follow us!
Connect us!
Watch us!

एलआईसी नेपालको संचालक समितिले गर्यो ८८ प्रतिशत हकप्रद जारी गर्ने निर्णय

अर्थ संसार

मंगलबार, १४ भदौ २०७९, १३ : १३ मा प्रकाशित

एलआईसी नेपालको संचालक समितिले गर्यो ८८ प्रतिशत हकप्रद जारी गर्ने निर्णय

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकले चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेर बीमा समितिले तोकेको पुँजी कायम गर्ने कम्पनीले निर्णय गरेको हो। 

नियामक बीमा समितिले बीमा कम्पनीहरुले हकप्रद बाहेकको माध्यमबाट चुक्ता पूँजी पुर्‍याउनुपर्ने बताइरहेको बेला   एलआइसी नेपालले भने सिधै हकप्रद सेयरबाट आफ्नो पूँजी बढाउने निर्णय गरेको छ। 
एलआईसीको हाल चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९९ करोड ९९ लाख ९९ हजार ७३८ रुपैयाँ पुग्नेछ ।

बीमा समितिले प्रस्ताव स्वीकृत गर्नुको साथै आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र एलआइसी नेपालले हकप्रद शेयर जारी गर्न पाउनेछ । समितिले जीवन बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्‍याउन निर्देशन जारी गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको