अस्मिता श्रेष्ठ
अर्थ संसार, काठमाडौं– स्थानिय तहको शासन संचालनका सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक २०७४ बारे ‘ इकोन–इति’ का विषयमा विभिन्न क्षेत्रका विज्ञहरुविच आज छलफल भएको छ ।
संघ, प्रदेश र स्थानिय निकायमा सरकारले कानून बनाउन विधेक पेस गरेको विषयमा विज्ञहरुले छलफल गरेका थिए ।
स्थानिय तहको शासन संचालन गर्न बनेको विधेयकमा बाँझिने हुदाँ कतिपय कुराहरुले स्थानिय तहलाई सही तरिकाले संचालन गर्न नसकिएको पूर्व अर्थ सचिव रामेश्वर खनालले बताए ।
प्रतिनिधि सभामा विधेयकको विषयमा छलफल चलिरहेको अवस्थामा त्यसमा सुधार गरेर सही किसिमको ऐन तयार गर्न सकिन्छ भनेर समृद्धि फाउण्डेशनले कार्यक्रम आयोजना गरेको खनालले जानाकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस