Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंककाे ऋणपत्र आजबाट खुल्यो, कति गर्ने लगानी ?

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, ११ : १८ मा प्रकाशित

कुमारी बैंककाे ऋणपत्र आजबाट खुल्यो, कति गर्ने लगानी ?

कुमारी बैंक लिमिटेडले आज (भदौ १७ गते, शुक्रबार) देखि ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गरेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्न लागेको  छ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सो ऋणपत्र खरीदका लागि भदौ २१ गतेसम्म  आवेदन दिनुपर्नेछ र उक्त  अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा निष्कासन अवधि भदौ ३१ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो सेयर एप र वेवसाइट साथै, सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको