अर्थ संसार, काठमाडौँ– अनशनरत प्रा.डा. गोविन्द केसीको माग आजै सम्बोधन गरिने भएको छ । वालुवाटारमा आज बसेको शिर्ष तहको छलफलले माग सम्बोधन गर्न जो गर्नुपर्ने हो त्यहि गर्ने सहमती भएको एक नेताले जानकारी दिए ।
चिकित्सा शिक्षा विधेयकलाई तत्काल संसद्बाट पास गर्नुपर्ने मुख्य माग राखेर डा. केसी अनशनमा छन् भने उनको मुख्य माग रहेको विधेयक समितिमा विचाराधीन अवस्थामा छ ।
केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र तत्काल विधेयक पास गर्नुपर्ने दबाब समितिलाई परे पनि समितिबाट पास हुन सकेको छैन ।
वालुवाटारमा बसेको शिर्ष तहको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केसीको माग सम्बोधन आज सम्बोधन गर्ने प्रस्ताव राखेका थिए । तर कसरी माग सम्बोधन गर्ने भन्ने बारेमा भने केही बताइएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस