Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी स्मल हाइडोपावरले लाभांश घोषणा सहित डाक्यो साधारणसभा

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, १० : २१ मा प्रकाशित

कुथेली बुखरी स्मल हाइडोपावरले लाभांश घोषणा सहित डाक्यो साधारणसभा

कुथेली बुखरी स्मल हाइडोपावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव सहित बार्षिक साधारणसभा आह्वान गरेको छ ।

भदौ ४ गते बसेको सञ्चालक समिती बैठकले कम्पनीको एघारौ बार्षिक साधारणसभा असोज ८ गते शनिबार जर्मन हाउस एण्ड हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा दिउँसो २ बजे गर्ने गर्ने निर्णय गरेको हो । 

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ८.५० प्रतिशत(कर प्रयोजन समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ । सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०७९ ८० का लागि लेखापरिक्षक नियुक्तिको प्रस्ताव समेत पारित गर्नेछ । 

साथै कम्पनीले सेयरको सार्वजनिक निष्काशनबाट प्राप्त हुने पूँजीको उपयोग गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

63142bef959c6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको