Like us!
Follow us!
Connect us!
Watch us!

मलेसियामा नेपाली सहित करिब तीनसय प्रवासी प्रहरी नियन्त्रणमा

शुक्रबार, २७ साउन २०७४, १२ : ५९ मा प्रकाशित

मलेसियामा नेपाली सहित करिब तीनसय प्रवासी प्रहरी नियन्त्रणमा

अर्थ संसार, क्वालालमपुर (मलेसिया) – मलेसियाको प्रहरीले आतङ्काबादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएका छन् ।

पक्राउ पर्नेमा विषेश गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका रहेका अधिकारीहरूले बताएका छन् ।

प्रहरीले ‘डिजिटल हव’को रुपमा चिनिने साईबरजयामा बुधबार रातीदेखि बिहीबार अबेरसम्म सुरक्षा कारबाही चलाएको मलेसियाको सरकारी समाचार संस्था बेर्नामाले जनाएको छ ।

एक जना उच्च प्रहरी अधिकारीले उनीहरूलाई प्रहरी मुख्यालयमा लगेर अनुसन्धान गरिएको र कसैको पनि कुनै आतङ्कबादी समूहसँग सम्पर्क भएको नदेखिएको जानकारी दिएका छन् । उनीहरू मध्ये ५७ जनासँग मलेसिया बस्ने बैध अनुमतिपत्र नभएको पाइएको छ ।

यसै महिनाको अन्त्यतिर मलेसियामा २९औं दक्षिण एसियाली खेलकुँद प्रतियोगिता हुन लागेकाले सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा अधिकारीहरूको भनाई छ ।

आतङ्बादी विरुद्धको सुरक्षा सतर्कता अप्नाउने क्रममा पछिल्ला केही दिनमा मात्रै झण्डै ४०० जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिन्ह्वा

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको