अबदेखि सिद्धार्थ बैंक लिमिटेडले पनि सिआस्वा शुल्क नलिने भएकाे छ ।
यसअघि १० रूपैयाँ शुल्क लिएर सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेकाे बैंकले अबदेखि भने निशुल्क सिआस्वा शुल्क प्रदान गर्ने भएकाे हाे । याे सँगै नि:शुल्क सिआस्वा सेवा प्रदान गर्ने बैंकहरूकाे संख्या ७ पुगेकाे छ । सिद्धार्थ बैंकबाहेक नेपाल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र कुमारी बैंकले पनि सिआस्वा शुल्क लिँदैनन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले हालै मात्र धितोपत्र खरिद सम्बन्धि सुविधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस