Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा थ्री इन वान खातामा सि-आस्वा तथा मेरो सेयर सुविधा थप

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १६ : १८ मा प्रकाशित

सानिमा थ्री इन वान खातामा सि-आस्वा तथा मेरो सेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न 3 in 1 खाताको प्रणाली परिष्कृत (Upgrade) गरेको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै 3 in 1 खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, Demat at Trading alateT 12 C-ASBA (Centralized Application Supported by Blocked Amount) र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् । साथे, 3 in 1 Portal को Dashboard मा बैंकले सहज र सरल प्रकयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट C-ASBA तथा मेरो सेयरको सुविधा लिन सक्नेछन् ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइट www.sanimabank.com बाट 3 in 1 account मा click गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । IPO मार्फत् सेयर खरिद गर्न भएका ग्राहकहरु समेत केही प्रकयाहरु परा गरी सानिमा 3 in 1 खाता मार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको