Like us!
Follow us!
Connect us!
Watch us!

२४ वटाबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट आईपीओ भर्न नपाइने

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १३ : ४३ मा प्रकाशित

२४ वटाबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट आईपीओ भर्न नपाइने

असार ३१ गतेसम्म जम्मा २४ वटा बैंक तथा वित्तीय संस्थाले मात्र आस्वा सदस्यता नवीकरण गराएका छन् । 

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम योग्यता कायम गरेका २४ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई आ. व. २०८०र८१ को लागी धितोपत्रको निष्कासन हुदाँको बखत लगानिकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अनुमतिपत्र नविकरण गरिएको बोर्डले जनाएको छ ।

जस अनुसार अब तलको सूचनामा उल्लेख भएका २४ वटा बैंक तथा वित्तीय संस्थाबाहेक अन्यबाट लगानीकर्ताहरूले आईपीओ भर्न नपाउने भएका छन् । सदस्यता नविकरण नगराएका बैंक तथा वित्तीय संस्थाबाट आईपीओसहित अन्य सार्वजनिक निष्कासनमा आवेदन दिन नमिल्ने भएको हो । 

सार्वजनिक निष्कासनमा लगानीकर्ताको दरखास्त संकलन र सो सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त हुनभन्दा १ महिना अघि नै नेपाल धितोपत्र बोर्डमा नवीकरणको लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ । 

 

64b4f5c5a3a92.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको